नेपाली टिम फाइनल प्रबेश
  • राष्ट्रपाेष्ट

  • नेपालले वाफ विमेन्स च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदशन जारी राखेको छ।जेड्डा, साउदी अरबमा जारी खेलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।  नेपालकी साबित्रा भण्डारीले ७५ औं मिनेटमा गोल गरिन भने  पूर्णकालिन समयको थप मिनेटमा प्रीति राईले गोल गरेर नेपाललाई जित दिलाएकी छिन।

    यस जितले नेपालले फाइनलमा जोर्डनसँग भिड्ने पक्का गरेको छ, जसले  सेमिफाइनल म्याचमा प्यालेस्टाइनलाई ५-० ले हराएको थियो।

    नेपालले शुक्रबार, २९ फेब्रुअरीमा पाँच पटकको विजेता जोर्डनसँग फाइनलमा भिड्नेछ।

  • १६ फाल्गुन २०८०, बुधबार ०१:१५ प्रकाशित