नेदरल्यान्ड्सका प्रमुख खेलाडीले आइसिसी विश्वकप छनोट गुमाउने
  • राष्ट्रपाेष्ट

  • नेदरल्यान्ड्सका प्रमुख खेलाडीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट गुमाउने भएपछि नेपाललाई फाइदा हुने भएको छ । इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्ट्री च्याम्पियनसिप डिभिजन वानबाट खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका केहि प्रमुख ब्याटरले विश्वकप छनोट गुमाउने भएका छन् ।

    नेपालकै समूहमा रहेका नेदरल्यान्ड्सका प्रमुख खेलाडीलाई काउन्ट्रीले नछोडेपछि सुपर सिक्समा स्थान बनाउन सहज हुने भएको छ । नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन र फर्द क्लासेन लगायतका खेलाडीले गुमाउने भएका छन् ।

  • ११ जेष्ठ २०८०, बिहीबार १६:५६ प्रकाशित