‘नक्कली भुटानी शरणार्थी प्रकरणको पोको ४ गते खोल्छु’- ओली
  • राष्ट्रपाेष्ट

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे बोल्ने बताएका छन्।

    आज बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकरणमा मुछिएकाहरुकोबारेमा आफूले छानविन गरेर सत्य, तथ्य बाहिर ल्याउने बताए।

    अहिले सो प्रकरणका बारेमा तथ्य खोजिरहेको बताउँदै उनले आगामी जेष्ठ ४ गते सम्पुर्ण तथ्यका वारेमा संसदमा उक्त तथ्यको निष्कर्ष बताउने दावी गरे।

    ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीले भने।

  • २८ बैशाख २०८०, बिहीबार १४:५१ प्रकाशित