म फेरि काँग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले
  • राष्ट्रपाेष्ट

  • राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू काँग्रेसमा नफर्किने बताएका छन्।शनिबार रास्वपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफूहरू काँग्रेसमा नफर्किने बताएका छन्। वाग्लेलाई रास्वपाले तनहुँ १ मा उपनिर्वाचनका लागि टिकट दिएको छ।चुनाव हार्नुभयो भने काँग्रेसमा फर्किनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘रास्वपाको सदस्यका रूपमा रहेको छु। मेरो पछाडि फर्किने बानी छैन। म फेरि काँग्रेस फर्किन्न। गण्डकीको पानी खाएर हुर्केको हुँ। तनहुँका जनताले न्याय गर्छन् भन्ने लाग्छ।’

  • १८ चैत्र २०७९, शनिबार १७:५२ प्रकाशित