रास्वपाबाट उपनिर्वाचनमा लामीछाने, वाग्ले र खरेल
  • राष्ट्रपाेष्ट

  • रास्वपाले शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

    रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् । शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो ।२०७९ मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि सांसद पद गएको थियो । कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए । उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं १ मा उम्मेदवार बनेका थिए । काठमाडौं १ मा उनी पाँचौं भएका थिए ।

  • १८ चैत्र २०७९, शनिबार १७:४८ प्रकाशित