देशको अर्थतन्त्र रेमिट्यान्समुखी बाट उत्पादनमूलक बनाउनुपर्ने
  • राष्ट्रपाेष्ट

  • नवनियुक्त अर्थमन्त्री प्रकाशाशसरण महतले अहिले देशका लागि केही गर्ने बेला भएको बताए।उनले प्रधानमन्त्रीदेखि कर्मचारीसम्मले देशको अवस्थालाई सुधार्न लागिपर्नुपर्ने बेला भएको बताए।

    शितलनिवासमा राष्ट्रपति समक्ष सपथग्रहण गरेलगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका अर्थमन्त्री महतले देशको अर्थतन्त्र रेमिट्यान्समुखी भएकाले त्यसलाई उत्पादनमूलक बनाउनुपर्ने धारणा व्यक्त गरे।

    देशमा भएको सीपमूलक जनशक्ति विदेशिने क्रम उच्च भएकाले सरकारको चाहना स्वदेशमै रोजगारी सिर्जना गर्ने भएको पनि उनले बताए। त्यसका लागि देशमा भएका लगानी गर्न सक्षम नागरिक र विदेशी लगानीकर्ताले उत्पादनमूलक व्यवसायमा लगानी गर्न उनले सरकारकातर्फबाट अपिल समेत गरे।

    उनले देशको आर्थिक अवस्था सहज नभएको बताउँदै साधारण खर्चमा मितव्ययिता अपनाउने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले खर्च गर्नुपर्ने धारणा समेत राखे।

    उद्योग व्यवसायमा लिइने अनावश्यक करका दायराहरुमा पुनर्विचार गर्नुपर्ने बनाउँदै नवनियुक्त अर्थमन्त्री महले भने, ‘जति लगानी बढ्छ, त्यति नै उत्पादन बढ्ने हो, त्यति नै रोजगारी सिर्जना हुने हो र अनि पो राजश्व बढ्ने हो ।’

    पछिल्लो समय जनताका अपेक्षा र गुनासा जायज भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न सरकार लागिपर्ने समेत बताए।

  • १७ चैत्र २०७९, शुक्रबार १८:४४ प्रकाशित