गठबन्धनका जनमोर्चा बाहेक ९ दल सरकारमा जाने
  • राष्ट्रपाेष्ट

  • सत्ता गठबन्धनबीच मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति जुटेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति गर्दै बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेका हुन्।

    ठबन्धनभित्र कांग्रेसलाई आठ, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    बिहीबार बिहानसम्म सवै दलहरुले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको छ।

  • १५ चैत्र २०७९, बुधबार २२:२४ प्रकाशित