एमबाप्पे र मेसीविना पीएसजी पराजित
  • राष्ट्रपाेष्ट

  • फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकझसँग पराजित भएको छ ।

    स्टार खेलाडी किलियन एमबाप्पे र लिओनल मेसीबिना मैदान उत्रेको पीएसजी मोनाकोसँग ३-१ ले पराजित भएको हो ।

    एमबाप्पे र मेसी चोटका कारण दुवै खेलाडी खेलेका थिएनन् ।

    घरेलु मैदानमा मोनाकोका लागि विसम वेन यडरले दुई गोल गरे । उनले १८औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

    त्यसअघि अलेक्जान्डर गोलोभिनले चौथो मिनेटमा गोल गरेका थिए ।

    पीएसजीका लागि वारेन जइरे एमेरीले ३९औं मिनेटमा एक गोल गरेका थिए ।

    पराजित पीएसजी २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । पीएसजीलाई हराएको मोनाको २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । ४९ अंकसहित मार्से दोस्रो स्थानमा छ ।

  • २९ माघ २०७९, आईतवार १५:४० प्रकाशित