कर्जा सूचना केन्द्रको कोलो सूचीमा रहेकाले बैंक खाता खोल्न नपाउने
  • राष्ट्रपाेष्ट

  • नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकालाई बैंक खाता खोल्न पनि कडाइ गरेको छ ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै बैंकहरुले निक्षेप खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको यकिन गर्नुपर्ने वयवस्था गरेको हो ।

    ‘इजाजतपत्र प्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नु पर्नेछ । यस वापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन’ नेपाल राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको निर्देशनमा भनिएको छ ।

    राष्ट्र बैंकको उक्त निर्देशनसँगै अब कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका व्यक्तिलाई बैंक खाता खोल्न समस्या हुने भएको छ ।

  • २९ माघ २०७९, आईतवार १५:१७ प्रकाशित