सिम्रिक एयरका पाइलट निलम्बित
  • राष्ट्रपाेष्ट

  • नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ मा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले सिम्रिक एयरको पाइलटलाई कारबाही गरेको हो ।

    हवाई उडान तथा सुरक्षा सम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पाइलटमाथि कारबाही गरिएको प्राधिकरणको भनाइ छ ।

    ‘सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । हामी सबै हवाई कम्पनी र कर्मचारीहरूलाई सुरक्षा संवेदनशीलता प्रति सचेत र सतर्क रहन आग्रह गर्दछौँ । हवाई सुरक्षा सुनिश्चित गर्न स्थापित प्रोटोकलहरू पालना गर्न सबैमा आग्रह गर्दछौँ’, प्राधिकरणले भनेको छ ।

  • १८ बैशाख २०८१, मंगलवार २०:५३ प्रकाशित