बुद्धिचाल प्रतियोगिताको चौथो दिन चार खेलाडी सेमिफाइनलमा
  • राष्ट्रपाेष्ट

  • नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको चौथो दिन चार खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    सात चरणको लिग खेल सम्पन्न भएसँगै शीर्ष चार खेलाडी यामाहा सलुटो मोटरसाइकल पुरस्कारका लागि प्रतिस्पर्धामा छनोट भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मिलन लामा, क्षितिज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवालले अन्तिम चारमा स्थान बनाउनुभएको हो ।

    एक सय १५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतियोगिताको सातौँ चरणको खेल ललितपुर जिल्लाका युवा नेता सानुबाबु महर्जनले सुरु गर्नुभएको थियो ।

    नकआउट प्रवेश गरेका चार खेलाडीबाहेक बाँकीले सुपर लिग खेल खेल्ने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । प्रतियोसिगतामा विभिन्न विधामा ४० जना खेलाडीलाई ६ लाख ३७ हजार चार सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

  • १८ बैशाख २०८१, मंगलवार १६:११ प्रकाशित