२२ दिनपछि कर्णाली सरकारले पायो पूर्णता
  • राष्ट्रपाेष्ट

  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनुभएको छ।मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो।

    गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठुला दल एमाले र माओवादी केन्द्रबिच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन/तीन जना मन्त्री नियुक्त गर्नुभयो।

    माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त हुनुभएको छ।

    यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त हुनुभएको छ।

  • १८ बैशाख २०८१, मंगलवार १५:५५ प्रकाशित