एमाले उम्मेदवार सुहाङ ७८३ मतले अगाडि
  • राष्ट्रपाेष्ट

  • इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ७८३ मतले अग्रता लिनुभएको छ । उहाँले ४ हजार २५८ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार ४७५ मत ल्याउनुभएको छ ।

    त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु रहनुभएको छ । डकेन्द्रको ९०३ मत आउँदा मिलनको ६५४ मत आएको छ ।

  • १६ बैशाख २०८१, आईतवार २२:५१ प्रकाशित