सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
  • राष्ट्रपाेष्ट

  • आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार, तेजावी सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ तोकिएकोको छ । शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख ३ हजार ६०० र तेजावी सुनको मूल्य १ लाख ३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

    आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ । शुक्रबार भने चाँदीको प्रतितोला मूल्य १ हजार २९० रुपैयाँ तोकिएो थियो ।

  • २९ माघ २०७९, आईतवार १३:४७ प्रकाशित