सारस र मानिसको मित्रता
  • राष्ट्रपाेष्ट

  • मोहम्मद आरिफ शुक्रबार अमेठीबाट कानपुर चिडियाखानामा आफ्नो साथी – सारसलाई भेट्नको लागि  हिडे। उनले टिकट किने र चराको घेरा बाहिर 15 मिनेट बिताए।उनले मास्क लगाएका थिए र जब उनले सारसको अगाडि मास्क हटाए, चिन्यौ भनेर  सोधे, चरा उनलाई देखेर खुसी भयो।घाँटी माथी र तल हल्लाउँदै सारस पखेटा फैलाएर तारबारको घेराभित्र यताउति गर्दै दौडियो । चराको यो व्यवहारको भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ।
    आरिफले ९५ दिनपछि आफ्नो विशेष साथीलाई भेटे । पछिल्लो पटक उनी यसै वर्ष अप्रिल १२ मा चरा भेट्न आएका थिए । गत वर्ष आरिफ र सारसको भिडियो भाइरल भएपछि उनीहरुको मित्रताको चर्चा भएको थियो । चरा आरिफसँगै बस्दै आएको थियो।सारस घाइते अवस्थामा भेटिएपछि उपचार गरेपछि पूर्ण निको भएपछि नि आरिफसँगै बस्दै आएको थियो ।
    समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव यस जोडीलाई भेट्न अमेठी गए र आफ्नो सामाजिक सञ्जाल टाइमलाइनमा भिडियो र तस्बिरहरू पोस्ट गरे।तर, वन विभागले अप्रिल ९, २०२३ मा चरालाई कानपुर चिडियाखानामा सार्यो।
    आरिफ शुक्रबार सारसलाई भेट्न गए।  सारस कमजोर र पातलो देखिएको बताए । उनले भने “कृपया उसलाई खुला गरिदिनुहोस, मलाई नदिनुहोस् तर उसलाई खुला छोडिदिनुहोस। यो दुखी देखिन्छ र म दुखी छु।

  • १ श्रावण २०८०, सोमबार ०८:३७ प्रकाशित