विम्बल्डन २०२३ : जोकोभिच सेमिफाइनलमा
  • राष्ट्रपाेष्ट

  • नोवाक जोकोविचले सातौं वर्षियताका खेलाडी आन्द्रे रुबलेवलाई मंगलबार विम्बल्डन २०२३को सेमिफाइनलमा पराजित गरेका छन्। यसको साथै, सर्बियाली खेलाडीले विम्बल्डन जित्ने सम्भावना पनि बढाएका छन्।

    जोकोविचले एक सेट पछाडि रहेको स्थितिबाट फर्कदै  रुबलेवलाई ४–६, ६–१, ६–४ र ६–३ गेमको जित हासिल गरेका हु्न। उनी बिम्बल्डन सेमिफाइनल पुगेको  यो १२औं अवसर हो।

    अब शुक्रबारको सेमिफाइनलमा जोकोविचले इटालीका खेलाडी जानिक सीनरसँग सामना गर्नेछन्। सीनरले अर्को खेलमा रुसका रोमन सफुलिनलाई ६–४, ३–६, ६–२ र ६–२ गेमले हराएका छन्।

  • २७ असार २०८०, बुधबार ०७:१८ प्रकाशित