कोरोनाको नयाँ संस्करण आउन सक्छःडब्लुएचओ
कोरोनाको नयाँ संस्करण आउन सक्छःडब्लुएचओ
  • राष्ट्रपाेष्ट

  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनापछिको अर्को महामारीबारे चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका गभर्नर जनरल टेड्रोस अधानोम गेब्रेयससले कोरोनाभन्दा पनि खतरनाक हुनसक्ने अर्को महामारीका लागि विश्व तयार रहनुपर्ने बताएका छन् ।

    स्वीट्जरल्याण्डको जेनेभामा भएको ७६ औं विश्व स्वास्थ्य सम्मेलनमा डब्लुएचओले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको हो । यस क्रममा टेड्रोसले भने– ‘कोरोना अब विश्वव्यापी आपतकाल नभए पनि यसको मतलब अहिले यसबाट कुनै खतरा छैन भन्ने होइन । कोभिड १९ को नयाँ संस्करण जुनसुकै बेला आउन सक्छ। यस्तो पनि हुन सक्छ कि कुनै नयाँ रोग देखा पर्न सक्छ जुन यो भन्दा खतरनाक छ। यस्तो अवस्थामा अहिलेदेखि नै तयारी गर्नुपर्छ।

  • ११ जेष्ठ २०८०, बिहीबार १६:५९ प्रकाशित