इमरान खानलाई रिहा गर्न आदेश
  • राष्ट्रपाेष्ट

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी ठहर गरिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

    पाकिस्तान तेहरीक–ए–इन्साफका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न बिहीवार सर्वोच्च अदालतले आदेश दिएको हो।

    खानलाई सर्वोच्च अदालतले अपराह्न साढे ४ बजे उपस्थित हुन आदेश दिएको थियो। तर उनलाई ५ बजेर ४० मिनेटमा उपस्थित गराइएको थियो।

  • २९ बैशाख २०८०, शुक्रबार ०१:०४ प्रकाशित