विश्वकप छनोट तयारीस्वरुप यूएई वेष्टइन्डिजसँग भिड्ने
  • राष्ट्रपाेष्ट

  • आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारीस्वरुप एसोसिएट राष्ट्र यूएईले वेष्ट इन्डिजसँग तीन खेलको ओडीआई शृंखला खेल्ने भएको छ ।शृंखला अर्को महिना यूएईको दुबईमा हुनेछ । सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने भएको हो ।यूएईले भने लिग टुमा शीर्ष तीनमा नपरेपछि प्लेअफ क्वालिफायर खेल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । वेष्ट इन्डिज र यूएईबीचको खेल जुन ५, ७ र ९ मा हुनेछ । त्यसपछि दुवै टोली विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछन् ।

  • २८ बैशाख २०८०, बिहीबार १४:०७ प्रकाशित