नेपाललाई प्रधानमन्त्री कप फुटबलको उपाधि
  • राष्ट्रपाेष्ट

  • नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो ।

    भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

    नेपालले उपाधिसहित  ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने  उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

    आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् । फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।

  • १७ चैत्र २०७९, शुक्रबार २०:३५ प्रकाशित