एमालेको मिसन ग्रासरुट अभियान: बुटवल
  • राष्ट्रपाेष्ट

  • नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीमा इमानदार नेता कार्यकर्ताहरु रहेको भन्दै उनीहरूलाई पार्टीमा प्रवेश गराउन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

    उनीहरुलाई खराब आचरणका नेताहरुले भ्रममा राखेकाले इमानदार नेता कार्यकर्तालाई दुवै पार्टीका नेताहरुको भ्रमबाट मुक्त गरेर एमालेमा जिम्मेवारी दिन अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालले ‘मिसन ग्रासरुट’सँगै उनले नेकपा एस र माओवादीका नेता कार्यकर्तालाई एमाले प्रवेशको अभियान चलाएको पनि बताए ।

    एमालेले संचालन गरिरहेको मिसन ग्रासरुट अभियानलाई बुधबार बुटवलमा सम्बोधन गर्दै माओवादी र नेकपा एसका केही नेताहरुले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेकाले इमानदार नेता कार्यकर्ता दुबै पार्टीमा अब बस्न नसक्ने ओलीको भनाइ थियो ।

  • १५ चैत्र २०७९, बुधबार १९:४६ प्रकाशित