सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर : द स्पार्क’को ट्रेलर सार्वजनिक
  • राष्ट्रपाेष्ट

  • सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर : द स्पार्क’को ट्रेलर रिलिज भएको छ ।

    देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजले २०७२ सालको भुक्म्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षको कथा प्रस्तुत गर्छ । चार सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।

    जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्माण भएको ‘लालबहादुर : द स्पार्क’मा खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिश अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय रहेको छ । सिरिजका निर्माता प्रकाश आङ्बुहाङ (हाङबारे) हुन् ।

    फाल्गुन पहिलो साताबाट हरेक हप्ता प्रसारण हुने यो सिरिज जी मिडिया कनेक्सनको युट्युब च्यानल र एक टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ ।

    https://youtu.be/-StmC9g9yoI

  • १ फाल्गुन २०७९, सोमबार २०:५१ प्रकाशित