बलात्कार आरोपमा युवक पक्राउ
  • राष्ट्रपाेष्ट

  • नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर छन् ।

    माघ २७ मा १४ वर्षीय बालिकालाई फलामे पोखरी सामुदायिक वनमा नाबालिगलाई बलात्कार गरेर उनी फरार भएका थिए । अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान गरिरहेको छ ।

  • २९ माघ २०७९, आईतवार १५:४३ प्रकाशित